Saturday, April 3, 2010

उठौँ अब सबै हामी

ऊ म तिमी ए उठौँ अब सबै हामी
भइकन यी राष्ट्रघातीहरुको मलामी

देश व्यापार भो कोही बेच्छन् कोही किन्छन्
असह्य भो कालाबजारीहरुको खिचातानी

बाँच्दैन कोही बाँच्दैन अब पशु सरह बनी
गरी-गरी यी गरिबमाराहरुको गुलामी

एकाएक उठौँ एकपटक बस एकपटक
बनिकन बैरीहरुलाई अन्तिम सुनामी

1 comment:

  1. देश भक्ति का कुरा आहा अक्ति मिठो | यसरि नै देश को माटो लाई उर्भर बनाउन रचना कोर्दै गर्नु होला |
    ramechhap1.blogspot.com

    ReplyDelete