Sunday, May 31, 2009

त्यही पल अस्ताउने छु म

यौवन पूर्वार्द्ध
विज्ञता कोरलीहरु
वलात्कृत हुन छाड्छन्
प्रत्येक साँझ
निसंकोच फकि्रन्छन्
हर चिस्यानहरुमा
अग्र साम्य सोचहरु
निर्धक्क मुस्कुराउँछन्
त्यही पल अस्ताउने छु म ।

स्व-आकांक्षा अतिक्रमण
असह्य हुँदा
गुँडभित्रै बिस्फोटित
घोर ज्वालामुखी
खप्न नसक्दा
एकाएक पोथीहरु
ओथारा बाहिर निस्की
निर्लज्ज बास्न थाल्छन्
भाले सरह
त्यही पल अस्ताउने छु म ।

1 comment:

  1. यो कविता निश्चलको लेखनलाई प्रतिनिधित्व गर्न सफल छ ।

    ReplyDelete